६ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीमा जागिरको नयाँ अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, १ असार । नेपाल प्रहरीले नयाँ आवेदन खुल्ला गरेको छ ।

नेपाल प्रहरीको मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले मंगलबार सूचना प्रकाशित गरी जवान पदका लागि भर्ना खुल्ला गरेको जनाएको हो ।

नेपाल प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले भर्ना खुल्ला गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमलसिंह बमले जानकारी दिनुभयो । उनका अनुसार नेपाल प्रहरीले कुल ३४२ जनाका लागि भर्ना आवेदन गरेको हो ।

जसमा खुल्ला तर्फ १८४ जना, अमर/अशक्त प्रहरीे परिवारबाट ७ जना, समावेशी समूह अन्तर्गतका आदिवासी जनतजातीबाट ४८ जना, मधेसीबाट ४२ जना, महिला ३० जना, दलित २३ र पिछडिएका क्षेत्रका ८ गरी जम्मा ३ सय ४२ जवान पदमा भर्ना आव्हान गरिएको हो ।

नेपाल प्रहरीको मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाका अनुसार भर्ना आवेदन आगामी असार ५ गतेदेखि साउन ४ गतेसम्म बुझाउन सकिनेछ ।

आवेदकहरुले दरखास्त फाराम भर्न तथा बुझाउन पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज, सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर तथा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

आवेदन फाराम सम्बन्धी थप जानकारीका यहाँ क्लिक गर्नुहोस् ।