१८ कार्तिक २०८३, बुधबार

१६ बुँदे सहमति गरेर प्रचण्डले क्रान्तिलाई धोका दिए : वैद्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-moistकाभ्रे, १ असार । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले १६ बुँदे सहमति गरेर एमाओवादीले क्रान्तिलाई धोका दिएको आरोप लगाउनु भएको छ ।

नेकपा माओवादी काभ्रे जिल्ला कमिटी वैठकमा प्रमुख अतिथिका रुपमा बनेपा आउनु भएका अध्यक्ष वैद्यले सञ्चारकर्मीहरुसंग कुरा गर्दै एकीकृत नेकपा माओवादीले १० वर्षे जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धीलाई १६ बुँदे सहमति गरेर धोका दिएको आरोप लगाउनु भएको हो ।

अध्यक्ष वैद्यले नेपाली जनताले उपलब्ध गरेका क्रान्तिमा एकीकृत नेकपा माओवादीले तुसारापात गरेकाले एकीकृत नेकपा माओवादीसंग एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

यो संविधानसभाबाट कुनै पनि हालतमा संविधान जारी नहुने जिकिर गर्दै उहाँले जनताको अधिकार सुनिश्चित यहि संविधानसभाले नगर्ने ठोकुवा गर्दै अबको विकल्प नयाँ जनवादी क्रान्ति र सर्वदलीय राजनीतिक भेला मात्रै भएको दाबी गर्नुभयो ।

उहाँले छिमेकी देश चीन र भारतले नेपालमा बिना अनुमति नाका सञ्चालन गर्न लागेकाले त्यसको प्रतिकार आफुहरुले गर्ने स्पष्ट पार्नुभयो । सरकारले भूकम्प प्रभावितहरुका लागि केहि गर्न नसकेको भन्दै अध्यक्ष वैद्यले सरकारको कुनै औचित्य नभएको बताउनुभयो ।