६ कार्तिक २०८३, शुक्रबार

काम नगर्ने कर्मचारीलाई खोजीखोजी कारबाही हुन्छ : मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditखोटाङ, ३२ जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले पाएको जिम्मेवारी पूरा नगर्ने सरकारी कर्मचारीलाई खोजी–खोजी कारबाही गर्ने बताउनुभएको छ ।

हलेसी दर्शन गर्न आउनुभएका मन्त्री पण्डितले एमालेले सोमबार यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा सरकारको तलब खाने अनि आफूले पाएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई खोजी–खोजी कारबाही गर्ने बताउनुभएको हो ।

मन्त्री पण्डितले जिल्लामा तोकिएको काम नगर्ने सरकारी कर्मचारीलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई निर्देशन दिनुभयो ।

मन्त्री पण्डितले हलेसी आउनेक्रममा बाटोमा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुल निरीक्षणसमेत गर्नुभएको थियो । रासस