काठमाडौँ, ३२ जेठ । गैरकानुनी रुपमा ल्याएको विदेशी मुद्रासहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
काठमाडौँबाट चेङदु जान लागेकी याइ होङलाई आज ९८ हजार ५०० अमेरिकी डलर, २० हजार ५२० चिनियाँ युआन र रु १३ हजार ११५ सहित विमानस्थलस्थित महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति राजस्व अनुसन्धान विभागपठाइएको छ ।
अभियुक्त याइ वैशाख १ गते काठमाडौँ आएर सोही दिन चीन फर्केकी र पुनः जेठ ८ गते यहाँ आएर आज स्वदेश फर्कनेक्रममा पक्राउ परेकी उक्त कार्यालयले जनाएको छ ।















प्रतिक्रिया