६ कार्तिक २०८३, शुक्रबार

अपराध नियन्त्रण गर्न धरानमा प्रहरीको विशेष सुरक्षा योजना, अपराधी धमाधम समातिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daharan-pic

– सन्तोष काफ्ले
धरान, ३२ जेठ । सुरक्षा ब्यबस्था कडा पार्न पूर्वाञ्चलमै पहिलो पटक नेपाल प्रहरीले धरानमा एक साथ ३ वटा आक्रामक योजना ल्याएको हो ।

यसका लागि इलाका प्रहरी कार्यालय धरानले भिर्गस, एआरटी र एम्बुस टिम परिचालन गरेको छ । प्रहरीले कुनैपनि घटना हुन आटेको भए तुरन्त इलाका वा वडा प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छ ।

पछिल्लो समयमा धरानमा अपराधिक गतिबिध सगै युवाहरुको चलखेल बढेको तथा लागु औषधको कारोबारी समेत सक्रिय हुन थालेका भन्दैे यो योजना सुरु गरिएको हो । यो रणनीति अबलम्बन गरेसँगै प्रहरीले सोमबार नै लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

अपराध गरेर भाग्नेहरुलाई तथा विषेश गरी लागुऔषधका कारोबारीलाई समात्न धरान प्रहरीले एम्बुस मोबाइल टिम गरेको हो । टिमलाई पुराना अपराधिक घटनाका आरोपी तथा फरार अभियुक्तहरुलाई पक्राउ समेत गरिने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । एम्बुस मोबाइल टिम परिचालन भएसँगै सोमबारै धरान प्रहरीले धरान ८ स्थित तिनकुने नाकाबाट ९० थान एम्बुल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

धरान प्रवेश नाका को रुपमा चिनिने तीनकुनेबाट नोरोसिक ३० थान, एभिल ३० थान र डाइजीपाम ३० थान सहित दुइ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान ११ का रिक्सा चालक विनय विक र धरान ८ का सन्तोष विक रहेका छन् ।

भारतको जोगवनिबाट तिघ्रमा (थाईमा) बाधेर लागु ओैषध ल्याउदै गर्दा उनीहरुलाई सोमबारबाट परिचालित एम्बुस टिमले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो । जोगवनिबाट विराटनगर हुँदै को १ ज १२६६ नम्बरको यात्रुवहाक माइक्रोबसमा धरान आउदै गर्दा नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेकाहरु भने भरिया मात्र रहेको उनीहरुलाई अरुले नै परिचालित गरेको प्रहरीको भनाई छ । उनीहरुले लागु ओैषध बिक्रिको लागि ल्याएको प्रहरीले जनाएको छ । यो टिम कुन बेला कसरी परिचालन हुन्छ भन्नेकुरा सम्बन्धित अफिसर बाहेक अरुलाई जानकारी नहुने र प्रहरीले पुराना घटनाका अभियुक्तमाथि निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुदमकुमार सिजापतिले बताए ।

उनले अब कुनैपनि घटना घट्न साथ यो एम्बुस टिम आफै परिचालित हुने र यो टिममा सबैभन्दा बढी सादा पोसाकका प्रहरीलाई परिचालन गरिएको उनले जानकारी दिए ।