६ कार्तिक २०८३, शुक्रबार

भूकम्पबाट दोलखामा चौध जना वेपत्ता, खोजी कार्य जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaचरीकोट, ३२ जेठ । भूकम्पपछि दोलखा जिल्लामा अझै १४ व्यक्ति हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामाबगरको तामाकोसी नदीको किनारमा केही दिनसम्म केही देखिएको र पछि पानीले बगाएको शव पासाङछिरिङ शेर्पा, पेम्बानुर्बु शेर्पा, राम तामाङको रहेको तर परिवारजनलाई कुनै पनि प्रमाण दिन नसक्दा बेपत्ताको सूचीमै राखिएको छ ।

त्यस्तै, भूषाफेदा–४ का ७४ वर्षीय नरबहादुर मोक्तान, भिरकोट– ९ का ४५ वर्षीय टङ्कबहादुर मगर, ओराङ –५ का ५६ वर्षीय पासाङ तामाङ, आलम्पु–६ का २० वर्षीय अशोक थामी, लापिलाङ– ५ का ३९ वर्षीय नेत्रकुमार थामी, अतिप्रभावित क्षेत्र सिँगटी लामिडाँडा–८ का ४८ वर्षीय वीरबहादुर लामा, २२ वर्षीय सञ्जय तमाङ, २२ वर्षीय पन्चु तमाङ र चिलङ्खा – ६ का १४ वर्षीय ओमराज भुजेल हराइरहेको भन्दै आफन्तले प्रहरीमा निवेदन दिएका छन् । उनीहरु सिँगटीमा गएको पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

अन्य दुई जिल्लाका दुई व्यक्ति दोलखामा हराइरहेको भन्दै आफन्तले प्रहरी कार्यालयमा निवेदन दिएका छन् । हराउनेमा गोरखा घर भएका ३५ वर्षीय आशबहादुर तामाङ र भक्तपुरका २० वर्षीय किरण थामी रहेका छन् । रासस