मकवानपुर, ३२ जेठ । नेपाली सेनाका एक जवानले आफ्नै निधारमा गोली हानेका छन् ।
आफैले गोली प्रहार गर्दा ओखलढुंगा अधेरी नारायण–६ घर भएका थाहा नगरपालिका–१४ स्थित ७ नम्वर बाहिनी अड्डा चनमन व्यारेकमा कार्यरत ३४ बर्षीय शिवराम केसीको मृत्यु भएको छ ।
डिउटीमा रहेका उनले आइतबार साँझ एसएमजीबाट निधारमा गोली फायर गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया