६ कार्तिक २०८३, शुक्रबार

जंगली अर्ना गाउँ पसेपछि झापामा आतंक, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arna– सुमन घिमिरे

झापा, ३२ जेठ । जंगली अर्ना गाउँ पसेपछि आजै बिहानैदेखी झापाको बिर्तामोड क्षेत्रका सर्वसाधरण आतंकित भएका छन् ।

अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भईसकेको छ भने अन्य चार जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । चारआलीको जंगलबाट निस्किएको अर्नाले आक्रमण गर्दा बिर्तामोड नगरपालिका –९ का वोलु सतारको मृत्यु भएको हो ।

अर्नाको आक्रमणबाट गम्भिर घाईते भएका सतारको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । अर्नाको आक्रमणबाट गम्भिर घाईते भएका अन्य चार जनाको भने सोही अस्पतालमा उपचार भईरहेको छ ।

अर्नाको आक्रमणबाट ५८ वर्षीय केरकेरु राजवंशी, ६० वर्षीया ललिता राजवंशी, उनकै छोरी ३० वर्षीया पूर्णिमा राजवंशी र गरामनी –७ का दीपक चम्लगाँई गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

आज विहान अर्ना गाउँ पसेर अन्दाधुन्द आक्रमण गरेको थियो । घाइते मध्ये केरकेरुको पेटमा गम्भीर चोट लागि आन्द्रा वाहिर निस्किएको, ललिताको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।