१७ कार्तिक २०८३, मंगलबार

पूर्वमन्त्री झालाई चक्कु देखाइ लुट्न खोज्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-jha

काठमाडौँ, ३१ जेठ । पूर्वमन्त्री अनिल झालाई चक्कु देखाई लुट्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ रौतहट गौरबाट काठमाडौँतर्फ आउदै गरेका पूर्वमन्त्री झा चढेको बा.१० च ६८९ नम्वरको सवारी साधनलाई बाराको अमलेखगंज–८ स्थित ३ नम्बर पुलमा रोकी चक्कु देखाई लुटन खोजिएको हो । बा.३ च २४३६ नम्वरको पीकअप गाडीमा आएका लुटेराहरुले गाडीमा पूर्वमन्त्रीको सुरक्षा अधिकृतलाई देखेपछि फरार भएका थिए ।

लुटपाटमा संलग्न हेटौडा उपमहानगरपालिका–८ बस्ने २० बर्षीय सुरेन्द्र श्रेष्ठ र १७ बर्षीय सरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमन्त्रीका सुरक्षा अधिकृतले अस्थायी प्रहरी पोष्ट रातमाटेमा खबर गरापछि खटिएको प्रहरी टोलीले उनीहरुलाई चक्कुसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।