६ कार्तिक २०८३, शुक्रबार

सङ्खुवासभामा पहिरोमा परी दुईको मृत्यु, चार बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, ३१ जेठ । सङ्खुवासभाको विभिन्न भागमा गएको पहिरोमा परी शनिबारसम्म दुईजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा पाथिभरा गाविस थाप्रङ १ की ३२ वर्षीया सुकुमाया तामाङ र नुम गाविस–१ का ६९ वर्षीय कालीमाया राई रहेका छन् ।

बेपत्ता हुनेमा सुकुमायाका नाम नखुलेका तीन वर्षीय छोरा, नुम गाविस–३ का रोशन तामाङ, उर्मिला तामाङ र दुई वर्षीया बालिका सुनिता तामाङ रहेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

दुई दिनअघिको अविरल वर्षाले सङ्खुवासभाका उत्तरी क्षेत्रका सङ्खुवा खोला र पावा खोलाका तीनवटा झोलुङ्गे पुल, दक्षिणी क्षेत्रका जलजला र चैनपुर नगरपालिका क्षेत्रका हेवा खोलाको पाँचवटा झोलुङ्गेपुल बगाउनुका साथै काठेसाँघु र फड्केहरू आधादर्जन बगाएको छ ।

बाढीबाट खोला बगरका खेत, अलैँची बगान, राजकुलो बगरमा परिणत भएका छन् भने जिल्लामा रहेका विभिन्न चारवटा जलविद्युत आयोजनामा क्षति पु¥याउँदा करोडौँको क्षति भएको प्रहरीले जनाएको छ । रासस