६ कार्तिक २०८३, शुक्रबार

पत्रकार महासंघको अगुवाईमा डोटीमा बजार सरसफाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bazarsafai photi1
दिपायलको पिपल्लामा झाडो लगाएर सरसफाई अभियानको सुरुआत गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रशासक शरदराज विष्ट ।

– बिमल विष्ट

डोटी, ३० जेठ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा आज डोटी पत्रकार महासंघको अगुवाईमा बजार सरसफाई अभियान सुरु भएको छ ।

क्षेत्रीय सदरमुकाम दिपायलको प्रमुख ब्यापारी केन्द्र पिपल्ला बजारमा सुदूरपश्चिम क्षेत्रीय प्रशासक शरदराज विष्ट तथा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाँले हातमा कुचो बोकी बजार सरसफाई अभियानको सुरुआत गर्नु भएको थियो ।

सो अभियानमा सुदूरपश्चिम पृतनाका पृतनापति बिनोदकुमार श्रेष्ठ सहित सेनाको टोली, क्षेत्रीय प्रहरीको टोली, स्थानियबासी, सुजङ्ग ईङलिस बोर्डिङका शिक्षक, बिद्यार्थी सरकारी कर्मचारी, डोटीका राजनीतिक दलका नेता तथा पत्रकारहरुले हातहातमा झाडु तथा कुचो बोकी सरिक भएका थिए ।

bazarsafai2
पिपल्ला बजारमा हात हातमा झाडु बोकेर बजार सफाई गर्ने तयारीमा पृतनाका सैनिकहरु ।

पत्रकार महासंघ डोटीका अध्यक्ष मिन बमले डोटीका पत्रकारहरुले चालेको यो अभियान निरन्तर रुपमा चलिरहने र त्यस्का लागि सबैको सहयोगको खाँचो भएको बताउनुभयो । उक्त बजार सरसफाई अभियानलाई क्षेत्रीय खाने पानी अनुगमन तथा सुपरीवेक्षण कार्यालयले पनि सहयोग गरेको थियो ।

उता सुदूरपश्चिम क्षेत्रीय प्रशासक विष्टले पत्रकार तथा यहाँका स्थानियले चालेको यो कदम लाई आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भएको थियो । निकै दुर्गन्धित तथा फोहर अवस्थाको दिपायल पिपल्ला बजार सरसफाई गरिएपछि सफा देखिएको छ ।