६ कार्तिक २०८३, शुक्रबार

संयुक्त खाका बनाउन काठमाडौंमा रेडक्रसको अन्तर्राष्ट्रिय बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra-panday-recross-meetingकाठमाडौं, ३० जेठ । विभिन्न निकायको सहभागितामा भूकम्प प्रतिकार्य योजना तर्जुमा बैठक राजधानीमा सुरु भएको छ ।

विभिन्न २० राष्ट्रका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि र नेपालस्थिति विभिन्न साझेदार निकायहरुको सहभागितामा आयोजित बैठकको शुक्रबार परराष्ट्रमन्त्री मन्त्री महेन्द्र बहादुर पाण्डेले काठमाडौंमा उद्घाटन गरेका हुन् ।

नेपालको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि प्रभावकारीे सहयोग समयमै उपलव्ध गराउने, दीर्घकालीन सहयोगको सामूहिक खाका बनाउने बैठक डाकिएको हो । प्रतिकार्यका लागि भावी रणनीति तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा विभिन्न मुलुकका एक सय १० जना प्रतिनिधिको सहभागिता छ ।

बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा परेको विपत्मा नेपाल रेडक्रस र विश्वभरका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीहरुले गरेको योगदान अमूल्य रहेको बताएका छन् । उनले नेपाल रेडक्रसका हरेक मानवीय कार्यमा नेपाल सरकारको सकारात्मक सहयोग रहने बताए । योजना कार्यान्वयन गर्दा संभव भएसम्म नेपालको विशेषज्ञता, स्रोत र जनशक्तिको प्रयोगलाई प्राथमिकतामा राखिदिन उनले अनुरोध गरेका छन् ।

‘मिलेर सोच, मिलेर योजना बनाऊ र मिलेर काम गर’ भन्ने मूल आशयका साथ आयोजित बैठक आज सकिएको छ । बैठकको अध्यक्षता गरिरहेका नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले एक्लैको प्रयास अपुरो हुने हुँदा साझा धारण र साझा प्रयासबाट प्रभावकारी रुपमा प्रतिकार्य गर्न यस्ता बैठकबाट सहयोग पुग्ने बताए । उनले, ‘हामीले के ग¥यौं, के अपुरो रह्यो भन्ने समीक्षा गर्दै अब कसरी प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ यस कार्यक्रमले दिनेछ’, भने ।

नेपाल रेडक्रस सोसाइटीको क्षमता र अनुभव अनुकरणीय भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय महासंघका एसिया प्यासिफिक क्षेत्रका प्रमुख जगन चापागाईँले उद्घाटन समारोहमा रेडक्रस अभियानको साझा उद्देश्य लक्षित् वर्गको जीवनमा सकारात्मक प्रभाव ल्याउनु रहेको धारणा राखे । प्रतिस्पर्धा र दोहोरोपना होइन, साझेदारीबाटै प्रभावितलाई प्रभावकारी रुपले सहायता पु¥याउन सकिने उनको विश्वास छ ।

recross-meetingसंयुक्त राष्ट्रसंघका नेपाल आवासीय संयोजक ज्यामी म्याकगोल्डरिकले प्रभावितहरुलाई बढी लाभ प्राप्त हुने कार्यमा संयुक्त राष्ट्र संघले सँधै साथ दिने बताए ।

यस्तै आईसीआरसीका नेपाल प्रमण्डल उपप्रमुख अल्फ्रेडो मालेले पारिवारिक सम्पर्कको पुनःस्थापना र शव सम्मानजनक व्यवस्थापन गर्न नेपाल रेडक्रसमार्फत् सहयोग गरिरहेको उल्लेख गरे ।

उद्घाटनपछिको अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रस सोसाइटीको हालसम्मको प्रतिकार्य र यसमा आएका चुनौतिका विषयमा जानकारी गराएका थिए ।

नेपाल रेडक्रस सोसाइटी भूकम्पपछि २३ लाख जनतामाझ तत्कालीन सहयोगका लागि पुगेको रेडक्रसले जनाएको छ । आगामी २ वर्षको लागि गैरखाद्य सामग्री सहयोग, आवास तथा नगद सहयोग, जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाइ गतिविधि संचालन गर्न बैठकले ठोस योजना बनाउने छ ।