६ कार्तिक २०८३, शुक्रबार

भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepal

काठमाडौं, ३० जेठ । विनाशकारी भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

विनाशकारी भूकम्पपछि परकम्पन आउने क्रम नरोकिरहेका बेला अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको मृत्यु हुने क्रम जारी छ ।

त्यही क्रममा बैशाख १२ गतेको बिनाशकारी भूकम्पमा परी घाइते भएका ललितपुर उपमहानगरपालिका-२३ धापाखेल बस्ने ४६ वर्षीय डम्बरबहादुर सारुको आज काठमाडौं स्थित न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

भूकम्पमा घर भत्किएर गम्भीर घाइते भएका डम्बरबहादुरको मस्तिष्कमा गहिरो चोट लागेको थियो । घाइते भएकै दिन अस्पताल भर्ना गरिएका डम्बरको डेढ महिनापछि मृत्यु भएको हो । उनको शवलाई परिवारको जिम्मा लगाइएको छ ।