सङ्खुवासभा, २९ जेठ । भारी वर्षापछि संखुवासभामा गएको भीषण पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।
सङ्खुवासभा जिल्लाको नुम गाविस–१ की ६० वर्षीया कालिमाया राई भारीबर्षापछि आएको पहिरोमा पुरिएर मृत अवस्थामा शुक्रबार ५० मिटर तल फेला परेकी हुन् ।
यसैगरी, सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले सातवटा झोलुङ्गे काठेपुल बगाएको छ र सङ्खुवा खोलाले तीनवटा झोलुङ्गे पुल बगाएको छ भने सातघर जोखिममा रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सङ्खुवासभा क्षेत्र नं २ का सभासद् दीपक खड्काले आज हेवा खोला आसपास क्षेत्रका दोभानेलगायत ठाउँको स्थलगत निरीक्षण गर्नुभयो ।
बाढीपीडितलाई जतिसक्दो चाँडो राहतको व्यवस्था र भौतिक निर्माणको पुनः संरचनामा लाग्ने बताउनुभयो । रासस















प्रतिक्रिया