काठमाडौँ, २९ जेठ । नयाँ संविधान लागू भएपछि जम्बो मन्त्रिपरिषद् बनाउन नपाइने भएको छ । दलहरुबीच नयाँ संविधानमा मन्त्रीको संख्यामा हदबन्दी लगाउने सहमति भएको छ ।
नयाँ संविधान लागू भएपछि बढीमा २५ जनाको मन्त्रिपरिषद् बनाउन पाइने संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा उल्लेख छ ।
संवैधानिक व्यवस्था नभएका दलहरुले भागबण्डाका आधारमा जम्बो मन्त्रिपरिषद् बनाउँदै आएका थिए । खासगरि, गणतन्त्रपछि जम्बो मन्त्रिपरिषद् बनाउने विकृति नै देखिएको थियो । एमाओवादी नेता डा. बाबुराम भट्टराईले अहिलेसम्मको सबै रेकर्ड तोडेर सबैभन्दा ठूलो (४९ सदस्यीय) मन्त्रिपरिषद् बनाएका थिए । त्यसअघि शेरबहादुर देउवाको पालामा ४८ सदस्यीय, माधवकुमार नेपालको पालामा ४५, झलनाथ खनालले ३५ र एमाओवादी अध्यक्ष प्रचण्डले २४ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।













प्रतिक्रिया