६ कार्तिक २०८३, शुक्रबार

विकास कार्यक्रमको बजेटबाट जाजरकोटमा एलडिओले मोटरसाइकल किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district– केएलजिएम

जाजरकोट २९ जेठ । जाजरकोटका स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले आफैले पेश्की लिएर सामान खरिद गर्न थालेपछि कर्मचारी चकित भएका छन । हाकिमले नियम बिपरित पेश्की लिएर काम गर्न लागेपछि कर्मचारी चकित भएका हुन ।

कार्यालयमा कार्यालय प्रमुखले पेश्की लिने प्राबधान नभए पनि स्थानीय विकास अधिकारी पोखेल भने पेश्की लिएर एकपछि अर्को काम गर्दै आएका छन । सामान खरिदमा आउने कमिसनका लागि उनले आफैले पेश्की लिने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । आजसम्म आएका कुनै हाकिमले पनि यस्तो गरेको उदाहरण छैन तर उहँले त पेश्की लिएर सामान खरिदमा पुग्नु हुन्छ उनले भने ।

जाजरकोटमा पुगेदेखि बिबादास्पद काम गर्दै आएका पोखरेलले आर्थिक प्रशासन नियमावली २०६४ ले बर्जित गरेका काम गर्दै आएका छन । नियमावलीले खाता संचालकले पेश्की लिन नपाउने प्राबधान गरे पनि पोखरेले अनियमित तरिकाले पेश्की लिएर काम गर्ने गरेका छन् ।

जिविस अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १ लाख ८० पेश्की लिएर आफ्नो प्रयोगका लागि मोटरसाइकल किनेका छन् । त्यस्तै नेपाल जलबायु परिवर्तन कार्यक्रमबाट पेश्की लिएर ८० हजारको औषधि खरिद गरेका छन् ।

आउन साथ एक जना पत्रकार सहित अन्य ८ जनालाई गोप्यमा ७३ लाखको कोटेशन बाँडेका पोखरेलले ८३ लाख जनसहभागिताको रकम समेत जिल्ला परिषदबाट पारित नभएका योजनामा एकलौटी बाँडेका छन् ।

यसको सामाचार अनलाइन खबर लगायतका संचार माध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय सुर्खेतको टोलीले जिविसमा छापा मारेको थियो । अख्तियारको छापापछि कोटेशन प्रक्रिया रद्ध भएको छ ।

जनसहभागिताको बारेमा भने अनुसन्धान भइरहेको अख्तियारकाले जनाएको छ । रोल्पामा स्थानीय विकास अधिकारी हुँदा जिविस अन्तर्गतका बिभिन्न परियोजनाका स्रोत ब्यक्तिसंग २० प्रतिशत कमिसन मागेको र सुआहारा कार्यक्रममा लागि गैरसरकारी संस्था छनौटमा कमिसन लिएको आरोपमा उनलाई त्यहाँबाट लखेटिएको थियो ।

रोल्पामा उनलाई प्रबेशमा रोक लागएपछि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले पोखरेललाई जाजरकोटको स्थानीय विकास अधिकारी बनाएर पठाएको छ । यसअघि कालिकोटमा स्थानीय विकास अधिकारी हुँदा पनि पोखरेल आर्थिक अनियमिततामा मुछिएका थिए ।