६ कार्तिक २०८३, शुक्रबार

पहिरोमा परेकाको उद्धार र सहयोगमा जुट्न विप्लवको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौँ, २९ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले ताप्लेजुङ पहिरोमा परेकाको उद्धार र सहयोगमा जुट्न पार्टीको पूर्वी ब्युरोलाई निर्देशन दिनुभएको छ ।

महासचिव चन्दले आज एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको समयमा सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

उहाँले ताप्लेजुङको पहिरोमा परी मृत्यु हुनेमा श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस