६ कार्तिक २०८३, शुक्रबार

उपत्यकामा नाटकीय शैलीमा लुटियो ११ लाख रुपैँया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

काठमाडौँ, २९ जेठ । काठमाडौँ उपत्यकामा दिनदहाडै नाटकीय शैलीमा ११ लाख रुपैँया लुटिएको छ ।

काठमाडौँ भोटेबहाल बस्ने नरसिंह शेरचनको नगद ११ लाख रुपैयाँ भएको झोला अपरिचित व्यक्तिहरुले लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार, लुटपाट घटना निकै नाटकीय शैलीको छ । पीडित शेरचनलाई बिहीबार दिउँसो ९८६०८८०७८९ नम्बरबाट ‘जग्गा बैना गर्नुपर्‍यो, ललितपुरको हरिसिद्धमा पैसा लिएर आउनु’ भन्दै फोन आएको थियो । सोही बमोजिम उनी त्रिपुरेश्वरस्थित प्रभु बैंकबाट ६ लाख, बिशालबजारस्थित माछापुछ्रे बैंकबाट ४ लाख ५४ हजार र आफूसँग भएको समेत गरी ११ लाख रुपैयाँ कालो व्यागमा राखी ललितपुरको हरिसिद्धि पेट्रोल पम्प अगाडि पुगे । त्यहाँ पैदल आएका २ जना अपरिचित ब्यक्तिहरुले ‘जग्गा बैना गर्नका लागि पैसा झिक्नुस्’ भनी नगद भएको झोला लुटेर फरार भएको पीडित शेरचनले प्रहरी सामु बताएका छन् ।

प्रहरीका अनुसार, फरार लुटेराहरुको खोजी भइरहेको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।