१८ कार्तिक २०८३, बुधबार

दोलखा केन्द्रविन्दु भएर नेपालमा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौं, २९ जेठ । वैशाख २९ गते गएको विनाशकारी भूकम्पको ठिक एक महिनापछि दोलखामा शुक्रबार फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान १० बजेर १९ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर नेपालमा फेरि अर्काे भूकम्पको धक्का महसुस भएको हो । वैशाख २९ गतेको दोस्रो विनाशकारी भूकम्प दोलखा केन्द्रविन्दु भएरै गएको थियो ।

दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब ४ रेक्टर स्केलको हो । यसअघि आज विहानै २ बजेतिर गोरखा केन्द्रविन्दु भएर गएको ४ दशमलब ६ रेक्टरको धक्का महसुस भएको थियो ।

केन्द्रका अनुसार हिजो राति ९ बजेर ५७ मिनेटमा सिन्धु्पाल्चोक केन्द्रविन्दु बनाएर ५ दशमलब ३ रेक्टरको कडा धक्का महसुस भएको थियो । पछिल्लो समय परकम्पन आउने क्रम विस्तारै घटिरहेको केन्द्रले जनाएको छ ।

earth-quake-table