६ कार्तिक २०८३, शुक्रबार

आफूले मनपराएकी युवतीलाई ‘पट्याएको’ भन्दै छुरा प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

churaकाठमाडौं, २४ जेठ । युवतीको विषयमा विवाद हुँदा सप्तरीमा एक युवकमाथि छुरा प्रहार भएको छ ।

अर्काले मनपराएकी युवतीलाई पट्याएपछि अर्नाह-७ बस्ने शिवजी सदामाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

छुरा प्रहारबाट शिवजी गम्भीर घाइते भएका छन् । शनिबार खेतमा काम गरिरहेको अवस्थामा को.१ प १६१ र स.५ प २१५७ नम्वरको मोटरसाइकलमा आएका ३/४ जनाको अपरिचित समूहले उनलाई छातीमा अचानक छुरा प्रहार गरेका थिए ।

छुरा प्रहार गर्दा युवतीलाई पट्याएको, अब पनि पछि लागे मार्ने धम्की दिएको प्रहरी अनुसन्धानमा उल्लेख छ । छातीमा छुरा प्रहारबाट गम्भीर चोट लागेका शिवजीकोे धरान घोपा अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न व्यक्तिहरु दुवै मोटरसाइकल घटनास्थलमा छाडेर भागी फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।