काठमाडौं, २४ जेठ । त्रिशुली नदीको किनारमा दुई महिलालाई मृत अवस्थामा फेला पारिएको छ ।
धादिङको गजुरी–२ स्थित त्रिशुली नदीको किनारमा र सलाङघाट–७ स्थित त्रिशुली नदीमा शनिबार नाम, थर, वतन नखुलेका दुई महिलाको लास नांगै भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार परिचय खुल्न नसकेका अन्दाजी ३० र २५ बर्षीया महिलाहरु नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुबै महिलाको बलात्कार गरी हत्या गरिएको आंशका गरिएको छ ।
प्रहरीले दुबैको शवलाई पोस्टमार्टका लागि जिल्ला अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया