६ कार्तिक २०८३, शुक्रबार

मारुती भ्यान दुर्घटनामा एकको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ जेठ । मोरङमा आज बिहान मारुती भ्यान कल्भर्टमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धरान– १८ बस्ने राजन राईकी श्रीमती ३५ वर्षीया मीना राई गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

गम्भीर घाइते ५२ वर्षीय राजन राई र गाडीचालक ३५ वर्षीय राम राईलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गइरहेको को१च ११७७ नम्बरको सो भ्यान बयरवन– ९ स्थित कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो । रासस