६ कार्तिक २०८३, शुक्रबार

पाल्पामा औषधी उत्पादन गर्न चिराइतो खेती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cheriato

– सुशिल नेपाल

पाल्पा २४ जेठ । जरा, डाँठ लगायत पातलाई पनि औषधिको रुपमा प्रयोग गर्न सकिने चिराइतोको पाल्पामा व्यवसायिक खेती सुरु गरिएको छ । जिल्ला वन कार्यालय पाल्पाले जिल्लाको दोभान ८ केरेनी रानीवन सामुदायिक वनमा व्यवसायिक जडिबुटी प्रबद्र्धन योजनाको सुरुवात गरेको हो ।

समुद्र सतहदेखि १७ सय मिटर उचाईमा रहेको यस सामुदायिक वनको २.५ हेक्टर क्षेत्रफलमा उपभोक्ताले जिल्ला वन कार्यालयको सहयोगमा चिराईतोको बिउ छरिसकेको र यसैबर्षदेखि लौठ सल्ला, अम्रिसो, ओखर र उपभोक्ताहरुको निजी जग्गामा तेजपातको समेत खेती गरिएको सेक्टर वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले जानकारी दिनुभयो ।

वनक्षेत्र त्यत्तिकै खेर गइरहेका समयमा जमिनको पुर्ण सदुपयोग गर्दै उच्च पहाडी क्षेत्रमा जडिबुटीहरुको विस्तार गर्न सकेमा उपभोक्ताहरुको जिविकोपार्जनमा राम्रो सहयोग पुग्ने उहाँले बताउनुभयो । जिल्ला वन कार्यालय पाल्पाले दोभान गाविसलाई जडिबुटी पकेट क्षेत्रको रुपमा घोषणा समेत गरेको छ ।

एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिइरहन सकिने र बजारमा बिक्रि गर्नका लागि पनि सजिलो साथै जरादेखि ठाढ र पातसम्म बहुउपयोगी हुनाले चिराइतोको अत्यन्तै महत्व रहेको वन कार्यालयले जनाएको छ ।