६ कार्तिक २०८३, शुक्रबार

रसियामा बस्ने प्रवासीले पर्वतमा बाँडे जस्तापाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

russia-rahat

– गणेश गिरी

पर्वत, २३ जेठ । घर भत्केपछि पालमुनी रात बिताउँदै आएका पर्वतको देबिस्थानका भूकम्प पीडितलाई अस्थायी आवास बनाउका लागि प्रवासी नेपालीले जस्तापाता सहयोग गरेका छन् ।

रसियामा ब्यबसाय गर्दै आएका पर्वतको देबिस्थान गाउँ बिकास समिति – १ का स्थायी बासिन्दा गोबिन्दप्रसाद गौतम र रामेश्वर गौतमले भूकम्पले भत्केपछि पालमुनी बस्दै आएका छिमेकीलाई टहरा बनाउन जस्तापाता सहयोग गरेका हुन ।

गौतम दाजुभाईले देबिस्थानका ४३ घरमा अस्थायी टहरा बनाउनका लागि जस्तापाता सहयोग गर्नुभएको छ। भूकम्पले घर भत्केपछि पालमा बस्दै आएका गाउँलेलाई बिदेशमा भएपनि छिमेकीको नाताले सानो सहयोग गरेको उहाँहरुका आफन्त तथा समाजसेवी पुर्णप्रसाद गौतमले भन्नुभयो ।

‘दाईभाईहरु रसियामा भएपनि भूकम्पले घर भत्किका छिमेकीलाई टहरा बनाउन सहयोग गर्नुभएको हो’ गौतमले भन्नुभयो ‘छिमेकमा भएकाले बिपत्तीमा सहयोग गर्नु कर्तब्य सम्झेर गाउँ आएका हौ’ गैह्र आवासिय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य गोबिन्द गौतम र एनआरएन रसियाका सदस्य रामेश्वर गौतम डेढ दशक भन्दा लामो समय देखि रसियामा ब्यबसाय गर्दै आउनुभएको छ ।

गौतम दाजुभाईले जस्तापाता सहयोग गरेपछि स्थानिय स्वय सेवकले टहरा निर्माण गरिदिने भएका छन । आफैले घर बनाउन नसक्ने एकल महिला, बृद्ध र अपाङ्ग लगायतका परिवारको अस्थायी टहरा युबाहरुले निर्माण गर्ने स्थानिय उपेन्द्र थापाले बताउनुभयो । ‘प्रबाशमा रहनु भएका दाजुभाईले जस्तापाता सहयोग गरेपछि हामीले श्रमदान गरेर टहरा बनाउँछौ’ उहाँले भन्नुभयो ।

युवाहरुले अभियानकै रुपमा टहरा निर्माण गर्न लागेका छन । अभियानका क्रममा स्थानिय युवा र नेकपा(एमाले)को स्वयम सेवक परिचालन अभियानका सदस्यहरुले श्रमदान गर्ने भएका छन । एमालेका स्थानिय कार्यकर्ताले यसको नेतृत्व गर्ने जानकारी थापाले दिनुभयो ।