६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा कुकुरले लियो मान्छेको ज्यान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dog1काठमाडौं, २३ जेठ । घर पालुवा कुकुरका कारण काठमाडौंमा एक जनाको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा बा.५० प ७८८० नम्बरको मोटरसाइकल शनिबार कुकुरसँग कोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक काठमाडौं गल्फुटार बस्ने उदयपुर नानिटार–९ का २२ वर्षीय दावागेल्बु शेर्पाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सडकमा कुकर आएर झुक्याएपछि उनी दुर्घटनामा परेका थिए । यसैगरी ललितपुर टौखेलस्थित सडकमा बा.३३ प ७५९६ नम्बरको मोटरसाइकल शुक्रबार दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक लुभु–७ बस्ने २२ वर्षीय मन्जित तण्डुकारको पाटन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।