काठमाडौं, २३ जेठ । काठमाडौंमा भूकम्पको मौका छोपी दिनदहाडै चोरी हुने क्रम दिनप्रतिदिन बढ्न थालेको छ ।
बिभिन्न स्थानबाट ल्यापटप, मोवाईल तथा क्यामरा लगायतका ईलेक्ट्रोनिक सामानहरु चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीका सामानसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ सोह्खुट्टे बस्ने तारकेश्वर नगरपालिका–९ शेसमतीका २७ वर्षीय शशी बि.क. र काठमाडौं नरदेबी बस्ने काभ्रेपलान्चोक ज्यामिरे–१ का ३० वर्षीय बिक्रम परियार रहेका छन् ।
बैशाख २० गते चोरी गरी भाग्दै गरेका बि.क.बाट ल्याप्टप, क्यामरा, भिडियो क्यामरा, आईप्याड, मोबाईल घडी, पेनड्राईभ, चाँदीको पाउजु लगायतका सामान तथा बैशाख २१ गते चोरी गरी भाग्दै गरेका बिक्रम परियारबाट ल्यापटप, चार्जर, प्रिन्टर, मोवाइल चार्जर, घडि, चस्मालगायतका सामान प्रहरीले बरामद गरेको थियो ।















प्रतिक्रिया