६ कार्तिक २०८३, शुक्रबार

एमाओवादीले भूकम्पपीडितका पन्ध्र हजार घर बनायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankaji

काठमाडौँ, २२ जेठ । राष्ट्रिय श्रम अभियानमा जुटेको एकीकृत नेकपा(माओवादी)ले हालसम्म पन्ध्र हजार अस्थायी आवास स्थल निर्माण गरेको छ ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा खटिएका टोलीले पाँच सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको उक्त दलका सचिव वर्षमान पुनले बताउनुभयो ।

स्थानीयवासी र एमाओवादीको संयुक्त टोलीले भूकम्प प्रभवित जिल्लामा पुनः निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिदै उहाँले शनिबार साँझसम्ममा २० हजार बढी अस्थायी संरचना निर्माण गरिने बताउनुभयो ।

केन्द्रीय सदस्य गणेशमान पुनका दोलखामा दुई हजार अस्थायी आवास निर्माण भइसकेका छन् । त्यसैगरीे काठमाडौँ उपत्यकामा आजसम्म एक हजार पाँच सय अस्थायी आवास निर्माण गरिएको छ । रासस