६ कार्तिक २०८३, शुक्रबार

वातावरण संरक्षणमा ग्रीन युथ नेपालका ५ लाख युवा (फोटोफिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Green-youth-nepal-2

महेन्द्रनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा ग्रीन युथ नेपाल कञ्चनपुरले कृष्णपुरको वाणीमा अन्तक्रिया कार्यक्रम गरेको छ । ‘एउटै पृथ्वी ७ अर्ब सपना, दिगो उपभोग हाम्रो चाहना’ भन्ने नाराका साथ ग्रीन युथ नेपालले वाणीमा अन्तक्रिया गरेर विश्व वातावरण दिवस मनाएको हो ।

ग्रीन युथ नेपालले वातावरण संरक्षणमा ५ लाख युवाको सहभागिता गराउने दावी गरेको छ । ग्रीन युथ नेपाल कञ्चनपुरका संयोजक मनिष पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि सेक्टर वन कार्यलय वाणीका प्रमुख दिलिपकुमार यादव रहनुभएको थियो ।

विश्व वातावरण दिवसका सन्दर्भमा भएको कार्यक्रममा बोल्दै संरक्षणमा युवा सहभागिता बढ्नु राम्रो भएको प्रमुख अतिथि यादवले बताउनुभयो ।

Green-youth-nepal-8

कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले वातावरण संरक्षणका लागि युवालाई सहभागी बन्न उत्प्रेरित गर्नुभयो । कार्यक्रममा तराई भूपरिधि कार्यक्रम धनगढी, नेपाल परिवार नियोजन संघ कञ्चनपुर, स्थानीय युवा सञ्जाल, जिल्ला वन कार्यलय लगायत स्थानिय सामुदायिक वन र संरक्षणमा सहभागी स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।

कार्यक्रममा ग्रीन युथ नेपालका केन्द्रिय सचिव अर्जुन साउँदले संस्थाको कार्यपत्र प्रस्तुत गर्दै सबै संरक्षणकर्मीलाई ‘सके सहयोग गरौं, नसके नबिगारौं’ भन्ने सन्देश दिनुभयो । सचिव साउँदले आगामी ५ बर्षमा संस्थाले ५ लाख युवालाई संस्थामा संलग्न गराई संरक्षणमा लाग्ने बताउनुभयो ।

युवा सक्रियताले बढ्दो जंगल फडानी तथा चोरी शिकारीमा कमी ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । संरक्षणका क्षेत्रमा युवा सहभागिता बढाउन ग्रीन युथ नेपालले हालै कृष्णपुरको वाणीमा युवा सूचना केन्द्रको स्थापना गरेको छ ।

Green-youth-nepal-1  Green-youth-nepal-3 Green-youth-nepal-4 Green-youth-nepal-5 Green-youth-nepal-6   Green-youth-nepal-9 Green-youth-nepal-10 Green-youth-nepal-11 Green-youth-nepal