काठमाडौं, २२ जेठ । प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार प्रतिक प्रधान नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पत्रकार प्रधानलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
प्रधान नागरिक दैनिकका पूर्व सम्पादक हुन् । उनले यही जेठ १२ गतेमात्रै नागरिकको प्रधान सम्पादकबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको प्रेस संयोजकमा यसअघि नै पत्रकार प्रकाश अधिकारी नियुक्त भई जिम्मेवारी सम्हाल्दै आएका छन् ।
हार्वड विश्वविद्यालयबाट पब्लिक पोलिसी र न्युयोर्क विश्वविद्यालयबाट पत्रकारितामा एमए गरेका प्रधानले नागरिकसँगै काठमाडौं पोस्ट्, कारोवार दैनिक पत्रिकामा समेत प्रधानले प्रधानसम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।















प्रतिक्रिया