काठमाडौं, २२ जेठ । सुनसरीको सेउती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बक्लौरी–७ स्थित सेउती खोलाको पानीमा भादगाउँ सिनवारी–३ रामधुनी बस्ने २२ बर्षीय सुन्दर चौधरी विहिबार मृत अवस्थामा फेला परेका छन् ।
मृतक चौधरीको टाउकोमा चोट लागेर अलग हुन लागेको देखिएकोले प्रहरीले अनुसन्धानको लागि ३ जना पुरुष र ४ जना महिलालाई नियन्त्रण्मा लिएर यस सम्बन्धमा अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया