६ कार्तिक २०८३, शुक्रबार

वाह ! ‘कुपिण्डे दह’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kupinde Daha 1

– सुदीप अधिकारी

सल्यान,२२ जेठ । वरीपरी अग्लाअग्ला हरिया डाँडा । विच खाल्डो । त्यही गहिरो खाल्डोमा निलो पानीको दह । वाह ! कती सुन्दर । कती रमणिय ।

यो सुन्दरता र रमणिय स्थल हो सल्यानको ‘कुपिण्डे दह’ । यो दह समुन्द्र सतहदेखि १ हजार १ सय ५० मिटर उचाईमा छ । यो दहको गहिराई एकीन गर्न सकिँदैन । दहको निलो पानीले यसको गहिराई अनुमान मात्र गर्न सकिन्छ । अग्ला पहाडका बिचमा यो पानीको दह देखेर कसको पो मन फुरुङ्ग नहोला र । सररर् वग्ने हावासँगै दहको पानी चलमलाउँदा त्यहा पुग्नेको मन झनै प्रशन्न हुने गर्छ । यहाँ पुग्ने जो कोही पनी यसको सौन्र्दयतामा लिप्त हुने गर्छन ।

kupinde Daha 2

कुपिण्डे दह सल्यानको सदरमुकाम खलंगादेखि करिव २० किलोमिटर दक्षिण पश्चिममा रहको छ । वरीपरी पहाडको बिच रहेको यो दहको लम्बाई १ हजार २ सय ५० मिटर छ । भने, यो दह २ सय ५० मिटर चौडामा फैलिएको छ ।

आजभोली दहसम्म पुग्नका लागि कुनै गाहा्रे छैन । सडक दहसम्मै पुगेको छ । दहसम्म पुग्नका लागि खलंगादेखि करिव १० किलोमिटर पक्की सडक छ । भने, झण्डै १० किलोमिटर सडक कच्ची छ । सडक साँघुरो भएकाले दहसम्म पुग्न साना जीप प्रयोग गर्नु पर्छ ।
धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको सल्यानको कुपिण्डे दह यतीखेर ओझेलमा परेको छ । प्रयाप्त प्रचारप्रसारको अभावमा यो दह ओझेलमा परको हो । कुपिण्डे दह सदरमुकाम खलंगादेखि नजिकै रहेपनि यसको प्रचारप्रसारमा खासै ध्यान दिइएको देखिदैन ।
दहको प्रचारप्रसारमा सरोकारवालाको उचीत ध्यान पुग्न नसक्दा यो दहको महत्व ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकिय महत्व बोकेको यो दह यतीखेर प्रचारप्रसारको प्रर्खाइमा छ ।

Kupinde Daha 3

दहको प्रचार नहुँदा सदरमुकाम नजिकै यती रमणिय स्थान हुँदाहुँदै पनि यहाँ पर्यटकको उपस्थिती भने शुन्य छ । अन्यत्र जिल्लाबाट काम विशेष तथा घुम्नका लागि आएका व्यक्तिहरु मध्येमा पनि निकै कमले यो दह अवलोकन गर्छन् ।

कुपिण्डे दह मध्यपश्चिमकै महत्वपूर्ण दह मानिन्छ । दहको प्रचारप्रसार गर्न सके यसलाई महत्वपूर्ण पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिन्छ । दहको उचित प्रचारप्रसार, संरक्षण र ब्यवस्थापनमा ध्यान नदिँदा यो दहको महत्व खुम्चिदै गएको छ । पर्यटकिय गन्तव्यको प्रचुर संभावना रहेको यो दहको प्रचारप्रसारका लागि सरोकारवाला निकायले विशेष योजना बनाउनु पर्ने देखिन्छ ।