६ कार्तिक २०८३, शुक्रबार

पखालाका कारण एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २२ जेठ । पखालाका कारण महोत्तरीको बर्दिबासमा गएराति एक महिलाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–१ स्थित पञ्चधुरा होटल एन्ड गेस्ट हाउसमा सफाइको काम गर्दै आएकी ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

केही दिनदेखि झाडापखालाबाट ग्रसित ती महिलाको गएराति उपचारको क्रममा बर्दिबासस्थित एक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।