सिराहा, २१ जेठ । १० दिन पहिलेदेखि हराएका एक बालकको विहीबार शव फेला परेको छ ।
सुखीपुर–६ बस्ने महावीर भण्डारीको छोरा १० वर्षीय श्रवणकुमार भण्डारीलाई अपहरण गरी हत्या गरेको अभियोगमा सुखिपुर–६ बस्ने २५ वर्षीय दिनेश यादवसहित ३ जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।
जेठ १० गते राती पिसाव फेर्न गएको बालक नफर्केपछि खोजी गर्नेक्रममा मोहनपुर कमलपुर–३ स्थित खेतमा मारी गाडेको अवस्थामा बिहिबार शव फेला परेको हो ।
छोरा हराएपछि उनका बाबुले ईलाका प्रहरी कार्यालय सुखिपुरमा उनका आफन्तलाई फोन गरी २० लाख रुपैयाँ मागेको भनि जानकारी गराएका थिए ।















प्रतिक्रिया