६ कार्तिक २०८३, शुक्रबार

बाटो मिचेर बनाएका घर भत्काइए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २१ जेठ । आमबारी–गौरीगञ्ज सडकको छेउमा ऐलानी जग्गा भन्दै बसोबास गरिरहेका झुर्किया–७ का १९ घरमा प्रहरीले डोजर लगाएर हटाएको छ ।

उक्त जमिन सडकमा परेपछि अदालतको निर्णयअनुसार बल प्रयोग गरेर उनीहरुलाई हटाएको हो ।

द्वन्द्वकालदेखि बस्दै आएका नौ परिवारलाई अदालतको निर्णयपछि हटाएको स्थानीय नारायणप्रसाद ताजपुरियाले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रङ्गेली, सिजुवा तथा सौठाका प्रहरी र स्काभेटरको सहयोगमा बस्ती हटाएको हो ।

नारायणप्रसाद ताजपुरिया, रजनीदेवी ताजपुरिया, प्रकाशकुमार साह तथा खेमनाथ कोइरालले सो बाटो नम्बरीमा परेको भन्दै ०६८ सालमा अदालतमा मुद्दा हाल्नुभएको र सो मुद्दाको निर्णय ०७१ माघमा भएको थियो ।