६ कार्तिक २०८३, शुक्रबार

सर्पको डसाइबाट बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarpaसप्तरी, २० जेठ । सर्पको डसाइबाट आज सप्तरीमा एक बालिकाको मृत्यु भएको छ ।

तरही गाविस–३ निवासी चलितर मुख्याको १४ वर्षीया छोरी आरतीकुमारीलाई सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

एक महिनाको अवधिमा सप्तरीमा तीन दर्जनभन्दा बढी सर्पदंशको बिरामी उपचारार्थ भर्ना भएको राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । सो अस्पतालमा दैनिक दुई÷तीन जना सर्पदंशको बिरामी आउने गरेका छन् ।

सर्पदंशको बिरामीका लागि प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ औषधिको कुनै कमी नभएको अस्पतालले जनाएको छ । रासस