६ कार्तिक २०८३, शुक्रबार

भरतपुरका ३७ घरमा रातो स्टीकर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

house-rato-stiker– सन्दिप भट्ट

चितवन, २० जेठ । चितवनको भरतपुर उपमहानगरपालिकाले भूकम्पको कारणले चर्किएर कार्यालयमा निवेदन परेका घरहरुको अनुगमनको कार्यलाई तिव्रता दिइरहेको छ ।

अनुगमनको क्रममा सोमबारसम्म भरतपुर उपमहानगरपालिका भित्र रहेका ३७ वटा घरहरुमा रातो स्टिकर टांसिएको बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै एक सय ५१ वटा घरहरुमा पंहेलो स्टिकर टांसिएको छ भने २५ सय ६४ घरहरु सामान्य अवस्थाको रहेको प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

घरहरुको अवलोकलन गरी रातो स्टिकर टांस्नुपर्ने, पंहेलो स्टिकर टांस्नुपर्ने र सामान्य अवस्थाको गरी ३ प्रकारमा वर्गिकरण गरिएको सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार रातो स्टिकर टांसिएका घरहरुमा बस्न प्रतिबन्ध लगाइएको छ भने पंहेलो स्टिकर टांसिएका घरहरुलाई तुरुन्त मर्मत सम्भार गर्नुपर्ने र बस्दा समेत संयमित र सचेत भएर बस्न आग्रह गरिएको छ । त्यस्तै, सामान्य प्रकृतिका घरहरुमा भने अहिले कुनै समस्या नरहेको र सहज रुपमा नै बस्न सकिने सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै, उपमहानगरपालिकाले रातो र पंहेलो स्टिकर टांसिएका घरहरुको अवस्था विश्लेषण गरी नगर सम्मन्वय समितिको निर्णय गराएर राहत तथा सहयोगको लागि नेपाल सरकारसंग आग्रह गरिएको बताइएको छ ।

गत वैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछि विभिन्न समयमा महशुस गरिंदै आएको पराकम्पनहरुको कारण भरतपुर उपमहानगरपालिका भित्र रहेका घरका धनीहरुले कार्यालयमा बुझाएको निवेदनको आधारमा घरको स्थिति हेरेर अनुगमन गरिएको भरतपुर उपमहानगरपालिकाका भूकम्प सुरक्षा उपशाखाका प्रमुख इन्जीनियर सुर्य प्रकाश लामाले बताएका छन् ।