६ कार्तिक २०८३, शुक्रबार

यसरी हुँदैछ माउन्टेन हेलिकप्टर दुर्घटनाको छानविन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter-accident8

काठमाडौँ, २० जेठ । मङ्गलबार सिन्धुपाल्चोकको यमुनाडाँडा गाविसमा दुर्घटना भएको माउन्टेन ९ एन एजेपी एएस ३५० को हेलिकप्टरको सत्य तथ्य छाबिन गरी प्रतिवेदन तयार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार आयोगका अन्य सदस्यहरुमा श्री एयरलाइन्सका वरिष्ठ पाइलट प्रमोद लामा, मनाङ एयरका इन्जिनियर जनक थापा र उक्त मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्यसचिव रहनुभएको छ ।

गैर सैनिक हवाई९दुर्घटना जाँच० नियमावली २०७१ को नियम १० बमोजिम उक्त विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार गरी सरकारलाई बुझाउन ६० दिनको समय दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरको जेठ २० गतेको निर्णयअनुसार सो आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो दुर्घटना परी चालक सुवेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको थियो । रासस