– घनश्याम पराजुली
दोहा । नेपालमा गएको विनाशकारी भूकम्पमा परेका नेपालीहरुको सहयोगार्थ कतारमा लाईभ कन्सर्ट हुने भएको छ । जेठ २२ गते शुक्रबार सल्वा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा ‘लाईभ कन्सर्ट २०१५’ को आयोजना गरिएको हो ।
नेपालमा गएको महाभूकम्पबाट मातृभुमीले भोग्नु परेको क्षतिलाई मध्यनजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो । द क्यूएन व्याण्ड, सुर साधना सरगम र आरम्भ नाट्य डबली कतारको संयुक्त आयोजनामा कन्सर्ट हुन लागेको हो ।
कार्यक्रममा चितवन आईडल २०७० का रनरअप नवराज श्रेष्ठको विशेष प्रस्तुती रहने भएको छ । त्यस्तै कार्यक्रममा कतारका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । यही शुक्रबार मध्यान्न १२ बजेबाट कार्यक्रम हुने भएको हो ।
उक्त कार्यक्रमबाट संकलित रकम चितवन जिल्लाको दारेचोक गाबिसका भूकम्प पीडितको सहयोगका लागि खर्च गरिने छ । यहाँ प्राप्त जानकारी अनुसार अहिले सम्म उक्त गाबिसका ६५ घरमा पुर्ण रुपले क्षति पुगेको छ ।
कार्यक्रमबाट उठेको रकमबाट आवास निर्माणमा सहयोग गर्ने लक्ष्य छ । कार्यक्रमबाट हुने सहयोग पछीसम्म पनी सदुपयोग होस र अहिलेको आवश्यकता पनी त्यही हो भन्दै कतारमा कार्यरत नेपालीहरुबाट सहयोगको अपेक्षा गरेका छन् ।
















प्रतिक्रिया