काठमाडौं, १८ जेठ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानको असामयिक निधनप्रति गहिरो सम्वेदना प्रकट गर्नुभएको छ ।
उहाँले कर्तव्यनिष्ठ एवं इमान्दार प्रहरी उपरीक्षक प्रधानको निधनवाट प्रहरी संगठनमा अपुरणीय क्षती पुगेको उल्लेख गर्नुहुँदै दिवंगत आत्माको चिर शान्ति एवं शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना समेत गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रधानको आइतवार नेपाल पुलिस क्वलमा स्वीमिङ गर्दा अचानक बेहोस भएपछि उपचारको क्रममा निधन भएको थियो । उहाँको सोमवार पशुपती आर्यघाटमा दाहसंकार गरिएको छ ।
पशुपति आर्यघाटमा प्रहरी महानिरीक्षक अर्याल, प्रहरीका उच्च अधिकृत र अन्य प्रहरी कर्मचारी पुगी प्रधानको पार्थिव शरिरमा फुलमाला चढाई हार्दिक श्रद्धान्जली अर्पण गर्नुभयो ।
स्वर्गीय प्रधानको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेका थिए । विक्रम सम्वत २०४७ साल असार १५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरीमा सेवामा प्रवेश गर्नुभएका स्वर्गीय प्रधानको श्रीमती र दुई छोरी रहेका छन् ।















प्रतिक्रिया