६ कार्तिक २०८३, शुक्रबार

यसकारण राष्ट्रिय सरकार बनाउनु आवश्यक छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepal-1काठमाडौँ, १८ जेठ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा उत्पन्न भएको राष्ट्रिय सङ्कट समाधानका लागि सबै दलको सहभागितामा राष्ट्रिय सहमतिकोे सरकार हुनुपर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकबाट काठमाडौँ आई काठमाडौँका बौद्ध, यज्ञडोल, थलीलगायत क्षेत्रमा बस्दै आएका विस्थापितसँगको भेटमा उहाँले सहमतिको सरकारले नै विस्थापितको समस्या बुझ्न सक्ने बताउँदै वर्तमान समयमा भूकम्पले क्षति पुर्‍याएको बस्तीको अध्ययन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “भूगर्भविद्सहितको टोलीले भूकम्पप्रभावित क्षेत्रको अनुगमन गरेर कुन ठाउँमा बस्न ठीक छ, कुन ठाउँमा छैन भन्ने अध्ययन गरेर बस्ती सार्नुपर्छ ।” भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सात लाख स्वयम्सेवक परिचालन गरेर तत्काल अस्थायी घरटहरा निर्माण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।