६ कार्तिक २०८३, शुक्रबार

एमाले राहत कोषमा रु दुई करोड जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Buildingकाठमाडौँ, १८ जेठ । नेकपा (एमाले)को प्राकृतिक विपत्ति राहत कोषमा प्रवासी नेपाली मञ्च संयुक्त राज्य अमेरिकाले आज १८ हजार ५०० अमेरिकी डलर (करिब १८ लाख ५० हजार नेपाली रुपियाँ) प्रदान गरेको छ ।

भूकम्पका कारण उत्पन्न भएको विपत्मा सहयोग गर्ने उद्देश्यले सो मञ्चका प्रतिनिधि युवराज कार्की र कुन्ती थापाले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सो रकम प्रदान गर्‍यो । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासङ्घले रु दुई लाख र एमाले जाजरकोट जिल्ला कमिटीले रु ३३ हजार सोही कोषमा सहयोग उपलब्ध गराएको छ ।

महासङ्घका तर्फबाट अध्यक्ष शरद् गौचन, उपमहासचिव विष्णु बुढाथोकी र सदस्य सरस्वती कार्की तथा कमिटिका तर्फबाट अध्यक्ष करवीर शाहीले पार्टी अध्यक्ष ओलीलाई रकम हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा अध्यक्ष ओलीले भूकम्पले आक्रान्त नेपाली समाजको पुनःजागरण र नवनिर्माणका लागि सो रकमको उपयोग गरिने छ भन्दै भूकम्प आएको लगत्तैदेखि एमालेको पंक्ति उद्धार तथा राहत वितरणमा जुटिरहेको र पार्टीका स्वयंसेवकले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

फेसबुक पेज पनि
पार्टीले जारी राखेको पुनःनिर्माणका अभियानको प्रचारप्रसारका लागि ‘एमाले स्वयंसेवक अभियान’ नामक फेसबुक पेज आजदेखि आधिकारिक रुपमा सञ्चालन गरेको केन्द्रीय प्रचार समिति प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय सचिव एवं केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेको सो कोषमा अहिलेसम्म करिब रु दुई करोड सङ्कलन भएको छ । रासस