६ कार्तिक २०८३, शुक्रबार

घुस खाएको आरोपमा नेपाल प्रहरीका एसएसपीमाथि कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, जेठ १५ । नेपाल प्रहरीका एक जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कारवाहीमा परेका छन् ।

अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी रमेश पाण्डेलाई घुस खाएको आरोपमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले कारवाही गरेको हो ।

व्यापारीहरुको आर्थिक लेनदेनमा संलग्न रहि तस्करीमा सघाउँदै गरेको आरोपमा तथा पद अनुसारको कार्यक्षमता नभएको भन्दै एसएसपी पाण्डेलाई कारबाही गरिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआईजी केशव अधिकारीले जानकारी दिनुभयो ।

एसएसपी पाण्डेलाई कारवाही स्वरुप डिआईजी अधिकारीले रेडर्कमा जानिने गरी नसियद दिएका छन् । पदको दुरुपयोग गरी आफ्नो दायित्वबाट भाग्न खोजेकाले कारबाही गरिएको डिआईजी अधिकारीले बताउनुभयो ।

एसएसपी पाण्डेले केही व्यापारीहरुसँग असुली गरेको उजुरीपछि क्षेत्रीय प्रहरी कार्यालयले निगरानी राखेको थियो । निगरानी गर्दा एसएसपी पाण्डेको कार्यशैलीमा प्रश्न उठेपछि क्षेत्रीय कार्यालयले ‘एक्सन’ लिएको हो ।

डिआईजी अधिकारीको ‘पोष्टिङ’ मध्यपश्चिममा भएपछि प्रहरी आचरणमा व्यापक सुधार आएको सरोकारवाला बताउँछन् ।