६ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडितको घर भत्काउँदा काठमाडौंमा हिसिला यमी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hisila-yamiकाठमाडौं, १८ जेठ । स्वयंसेवा अभियान अन्तर्गत भूकम्प पीडितको घर भत्काउने क्रममा एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमी घाइते भएकी छिन् ।

पार्टीले इन्चार्जको जिम्मा दिएको काठमाडौंको निर्वाचन क्षेत्र नं. ७ र ८ स्थित डल्लुमा सोमबार भूकम्पबाट चर्केका घरहरु भत्काउने क्रममा एमाओवादी नेतृ हिसिलालाई चोट लागेको हो ।

सोमबार दिउँसो काठमाडौं १५ डल्लु स्थित बाटोछेउमा रहेको सानु शाक्यको भूकम्पले चर्केको घर भत्काउने क्रममा नेतृ हिसिलासहित निर्मल विक, ताराबहादुर रानाभाट र जीतबहादुर तामाङ पनि घाइते भएका छन् ।

उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।