६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा भूकम्पमापन केन्द्रको निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Baran-Yadavकाठमाडौँ, १८ जेठ । राष्ट्रपति डा रामवरण यादवले आज लैनचौरस्थित राष्ट्रिय भूकम्पमापन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले भूकम्पमापन केन्द्रमा हुने कार्यप्रणालीबारे जानकारी लिनुभएको थियो ।

भूकम्पमापनका स्टेसन, मापन प्रणाली र भूकम्पको सूचना प्रवाह प्रणालीबारे जिज्ञासा राख्नुभएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

राष्ट्रपति डा यादवले देशभरका भूकम्पमापनसम्बन्धी स्टेसनबाट आएका ‘सिग्नल’लाई केन्द्रबाट हुने मापन प्रक्रियाबारे उत्सुकतापूर्वक जानकारी लिनुभएको थियो ।

त्यसअघि राष्ट्रपति डा यादव खानी तथा भूगर्भ विभाग पुग्दा त्यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक सर्वजीतप्रसाद महतोले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपतिका साथमा उद्योग मन्त्री महेश बस्नेत, उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा विभागका उपनिर्देशक सोमनाथ सापकोटाले भूकम्पसम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

केन्द्रका अनुसार हालसम्म चार रेक्टर स्केलभन्दा माथिका २९३ भूकम्पका पराकम्पन गएका छन् । आज बिहान ४ः३५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केलको पराकम्पन गएको थियो । रासस