६ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडितका लागि भन्दै काठमाडौंमा चन्दा संकलन गरी आफै खाने गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौँ, १८ जेठ । विनाशकारी भूकम्पबाट पीडितहरुका विभिन्न ठाउँमा राहत संकलन भइरहेको छ ।

त्यो राहत पीडित पाए नपाएको कुरा बाहिर आएको छैन् । तर अधिकांश पीडित राहत नपाउने गुनासो आइरहेका बेला काठमाडौंमा नयाँ खुलासा भएको छ ।

भूकम्प पीडितहरुको लागि भन्दै काठमाडौंमा चन्दा संकलन गरेर आफै खान पल्केका एक जना रंगेहात पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने २९ बर्षीय संजय शंकर थापालाई प्रहरीले सोमबार चन्दा संकलन गर्दैगर्दा रंगेहात पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले थापालाई आइतबार काठमाडौँ महानगरपालिका–३३ ज्ञानेश्वर स्थित वेलकेयर अस्पतालबाट चन्दा संकलन गरिरहेको अवस्थामा रसिद प्याड ३ थान र एस पारस राणाको नाम उल्लेख भएको छाप १ थान सहित पक्राउ गरेको हो ।