सप्तरी, १८ जेठ । सप्तरीमा एक पूर्व प्रहरी अधिकारीले आफ्नै टाउकोमा पेस्तोलबाट गोली प्रहार गरेका छन् ।
पोर्ताहा–५ बस्ने ३५ बर्षीय अनिल खिरहरी यादवले आफैले कन्चटमा गोली प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवलाई आइतबार राति उनकै घरको कोठा भित्र कटुवा पेस्तोलले अनुहारमा गोली हानी मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान सोको खोका १ थान बरामद गर्नुका साथै यस सम्बन्धमा अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
माओवादी द्वन्द्वकालमा स्वेच्छिक राजिनामा दिएर घर बसेका यादवका एक श्रीमति र दुई छोरा छन् । घरमा एक महिना अगाडि यादवको उनकी श्रीमतिसँग झगडा परेको थियो । झगडा परेपछि उनकी श्रीमती भारत विहारस्थित माइतमा बस्दै आएकी छिन् ।
प्रहरी अनुसन्धानमा घटना प्रकृति हेर्दा श्रीमतीसँग झगडा परेकै कारण उनले आफ्नै कञ्चटमा गोली हानेको हुनसक्ने इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।















प्रतिक्रिया