६ कार्तिक २०८३, शुक्रबार

श्रीमतीको हत्या गरी भाग्ने क्रममा आफ्नै ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, १८ जेठ । आफ्नै श्रीमतीको हत्या गरी भाग्ने क्रममा सवारी साधनले ठक्कर दिँदा सिरहाको मिर्चैया नगरपालिका–२ का प्रमोद साहको मृत्यु भएको छ ।

सोमबार ३५ बर्षीया श्रीमती अमिरी साहलाई घाँटी थिचेर हत्या गरेर भाग्ने क्रममा सोही स्थानको राजमार्गमा नम्वर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका शाहको उपचारका लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

प्रहरीले फरार रहेको सवारी साधन र चालकको खोजी गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।