६ कार्तिक २०८३, शुक्रबार

श्रीमती परिचालन गरेर आफ्नै बहिनीलाई भारतमा बेच्न खोज्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Human-traffikcing1गौशाला, १८ जेठ । बालिकालाई बेच्न भारत लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले महोत्तरीका एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बनौटा गाविस-१ का सियाशरण महराकी श्रीमती पिङ्कीदेवी महरा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले जनकपुर उपमहानगरपालिका–१६ पुल चोकमा डेरा गरी बस्ने १० वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लैजाँदै गर्दा महोत्तरीको सीमासँग जोडिएको भारतीय सहर भिट्ठामोडमा उनलाई विहार प्रहरीले आइतबार पक्राउ गरेको हो ।

नेपाली सीमास्थित सीमा प्रहरी कार्यालय भिट्ठामोडका इन्चार्ज प्रहरीनायब निरीक्षक सुरेन्द्र सिंहका अनुसार महिला भारतीय प्रहरीको नियन्त्रणमा रहेकी छिन् । बालिकालाई आफन्तको जिम्मामा लगाइएको छ ।

बालिकालाई ललाइफकाई भारतमा बेच्न लगिरहेको हुन सक्ने आशङ्का गर्दै प्रहरीनायब निरीक्षक सिंहले महिलाले फरक फरक वयान दिइरहेको तर ती सबै शङ्कास्पद रहेकाले अनुसन्धान भइरहेको बताउनुभयो । रासस