६ कार्तिक २०८३, शुक्रबार

राहत अभियानद्वारा आर्थिक सहयोग प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । नेपालमण्डल राहत अभियानले नेपाल भाषाका साहित्य, कला र पत्रकारिता क्षेत्रका सक्रिय २० जना भूकम्पपीडितलाई प्रतिव्यक्ति नगद रु १५ हजार प्रदान गरेको छ ।

हालै आएको भूकम्पपछि मुलुकमा भएको धनजन र सम्पदाको क्षतिबाट पीडितलाई उद्धार गर्ने, राहत सामग्री पु-याउने र पुनर्वासको उद्देश्य बोकेर गठित नेपालमण्डल राहत अभियानले विगत एक महिनादेखि राहत र उद्धार कार्य गर्दै आएको छ ।

नेपाल भाषाका क्षेत्रमा सक्रिय व्यक्तिहरु रामशेखर नकःमि, रमापतिराज शर्मा, तिलकप्रकाश कायस्थ, शौरभ शाक्य, हरिकृष्ण दुवाल, बाबुकाजी साँछे, विजयरत्न तुलाधर असंबरे, नारायण श्रेष्ठ, नारद बज्राचार्य, खड्गमान बज्राचार्य, बिगेन तुलाधर, विजयकृष्ण श्रेष्ठ, अमरराज शर्मा, रोहिणीबहादुर कायस्थ, श्याम चित्रकार, रवि महर्जन, सुुदयराज शिलाकार, राजेन्द्र मानन्धर र सरोज श्रेष्ठलाई ‘सिम्पु’पिंत आर्थिक सहयोगस्वरुप तत्कालका लागि रु १५ हजार सहयोग प्रदान गरिएको हो ।

आइतबार यहाँ आयोजित कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेसनका तर्फबाट केन्द्रीय सदस्य राजेशबहादुर श्रेष्ठले रु एक लाख सहयोगस्वरुप हस्तान्तरण गर्नु भएको थियो भने चीनमा अध्ययनरत र कार्यरत नेपालीका तर्फबाट अनिष मल्लको संयोजकत्वमा सङ्कलन गरिएको रु दुई लाख ८४ हजार ४०० अस्मित मल्लले राहत अभियानलाई हस्तान्तरण गर्नु भयो ।

त्यस्तै, चीनमा रहेका नेपालीबाट पल्पसा श्रेष्ठले सङ्कलन गरिएको रु एक लाख ६० हजार डा महेशमान श्रेष्ठले नेपालमण्डल राहत अभियानलाई हस्तान्तरण गर्नुभएको थियो ।