काठमाडौँ, १७ जेठ । नेपाल मेगा कलेजले नेपालका भूकम्प पीडितका लागि पाँच लाख रुपैंया सहयोग गरेको छ ।
काठमाडौँको बबरमहलस्थित मेगा कलेजका अध्यक्ष प्रा.डा होमनाथ भट्टराई र कार्यकारी निर्देशक गोपाल खनालले आइतबार पाँच लाख एक हजार रुपैंयाको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
एकद्वार प्रणालीबाटै भूकम्पपीडित समक्ष राहत पुगोस भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको कार्यकारी निर्देशक खनालले बताउनुभयो ।
















प्रतिक्रिया